रुकुम पश्चिममा
४-वैशाख/ रुकुम पश्चिमको स्थानीय तहहरुमा गर्ने चुनावी तालमेलबारे सत्तारुढ दलहरुबीच सहमति जुट्न नसकेपछि भागबण्डाको जिम्मा प्रदेशस्तरीय संयन्त्रलाई दिइएको छ ।शनिबार रातिसम्म बसेको सत्तारुढ गठबन्धनको जिल्लास्तरीय बैठकमा सहमति जुट्न नसकेपछि भागबण्डा टुंगो लगाउने जिम्मा प्रदेशस्तरीय संयन्त्रलाई दिने निर्णय गरिएको हो ।

नेपाली कांग्रेस र नेकपा एकीकृत सामाजवादीले आफनो जनआधारभन्दा धेरै भाग खोजेपछि सहमति जुट्न नसकेको नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका संयोजक गोविन्द रोका (सचिन)ले जानकारी दिए । गत चैत्र ३० गते बसेको गठबन्धन दलको प्रदेशस्तरीय संयन्त्रले वैशाख ३ गतेसम्म जिल्लालाई भागबण्डाको टुंगो लगाएर पठाउन निर्देशन दिएको थियो ।

संयोजक रोकाका अनुसार प्रदेशको सर्कुलरअनुसार भागबण्डा गर्न दलहरुबीच सहमत हुन नसक्दा पटक-पटकका बैठक निष्कर्षविहीन हुँदै आएको थियो । बैठकमा सहभागी कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश वलीले पनि माओवादीले पेलेर जान खोजेपछि सहमति जुट्न नसकेको बताए ।

६ वटा स्थानीय तह रहेको रुकुम पश्चिममा ०७४ को स्थानिय तहमा ६ वटै पालिकामा माओवादी केन्द्रले जितेको थियो । ६ पालिकामध्ये नेपाली कांग्रेसले तीन र एकीकृत सामाजवादीले एक पालिका मागेपछि माओवादीले त्यसमा असहमति जनाएको थियो ।

प्रतिकृया

प्रतिकृया