रोल्पा
१२-वैशाख/ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रोल्पाको माडी गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसबीच गठबन्धन भएको छ । चुनावी तालमेल गरेका उनीहरुले आजै निर्वाचन अधिकृतको कार्यालयमा मनोनयसमेत दर्ता गरिसकेका छन् ।

गठबन्धनको तर्फबाट नेकपा एमालेका विजय घर्तीमगरले गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका कृष्ण विकको उम्मेदवारी दर्ता भएको नेपाली कांग्रेस माडी गाउँपालिका अध्यक्ष नवराज डाँगीले जानकारी दिए ।

गठबन्धन गरेका दुई दलले वडामासमेत तालमेल गरेका छन् । ६ वटा वडा रहेको सो गाउँपालिकामा नेपाली काग्रेसले वडा नं. २, ३ र ५ मा वडाध्यक्ष पाएको छ भने नेकपा एमालेले वडा नं. १, ४ र ६ मा उमेदवारी दर्ता गराएको छ ।

जिल्लाका अन्य स्थानीय तहमा पनि यी दुई दलबीच गठबन्धनको प्रयास भइरहेको बताइएको छ ।

प्रतिकृया

प्रतिकृया