रुकुम पश्चिम
२२-वैशाख/ रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ९ मा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । कांग्रेस कार्यकर्ताले माओवादीका पोष्टर र झण्डा फालेपछि भएको विवादले झडप भएको हो ।

झडपका क्रममा कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार चढेको गाडीमा तोडफोड भएको छ । माओवादी कार्यकर्ताले आज बिहीबार बिहान उम्मेदवार अमरसिंह खड्का चढेको गाडि तोडफोड गरेको प्रहरीले जनाएको छ । खड्काले प्रयोग गरेको रा १ च १२६२ नम्बरको जिप तोडफोड भएको हो ।

दुई पक्षका कार्यकर्ताबीचको झडपको क्रममा गाडी तोडफोड भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । प्रहरीका अनुसार थोरै जनशक्ति हुँदा भीड नियन्त्रण गर्न गाह्रो भएको छ ।

नेपाली कांग्रेसले माओवादीको आक्रमणबाट बच्न प्रहरी चौकीमा गएका आफ्ना कार्यकर्ता प्रहरीकैअघि कुटिएको आरोप लगाएको छ । बुधबारमात्रै तरुण दलका कार्यकर्ताहरूले वाईसीएल कार्यकर्ताको मोटरसाइकल रोकेर अभद्र व्यवहार गरेका थिए ।

प्रतिकृया

प्रतिकृया