६ जेठ/रोल्पाको रुन्टीगढी गाउँपालीकाले पालिका भित्र कम महसुल खपत गर्ने घरधुरीहरुको लागी विद्युत महसुल बुझाइदीने भएको छ । आज गाउँपालीकाको अध्यक्षको पदभार ग्रहण गर्दै नव निर्वाचित अध्यक्ष जनक पुनले जनपक्षीय कामको घोषणा गरेका हुन ।

उनले घोषना गरे अनुसार अव गाउँपालीका भित्र वसोवास गर्दै आएका घरधुरीले कम्तीमा २० युनीट सम्मको विधुत महसुलमा पुर्ण छुट पाउने भएका हुन । पुन नेपाली काग्रेसवाट विजयी भएका हुन। यो काम पार्टिले निर्वाचनका समयमैघोषनापत्रमा उल्लेख गरेको थियो ।

निर्वाचीत भएपछि घोषणापत्रमा उल्लेखीत कामको सुरुवात गरेको भन्दै नागरीकहरु खुसी भएका छन । विद्युत प्राधिकरनको तथ्याड्क अनुसार गाउँपालीकाभरी ३२ सय घरधुरीले विद्युत उपभोग गरीरहेका छन यस्लाई आउदो गाउँसभावाट कार्यक्रम तथा वजेट पास गरी लागु गरीने गाउँपालीकाका अध्यक्ष पुनले जानकारी दिएका छन ।

प्रतिकृया

प्रतिकृया