काठमाडौं
१२-जेठ/ स्वास्थ्य अनुसन्धान परिषद्का तालिम अधिकृतलाई परिषद्मा इन्टर्नसिपमा कार्यरत एक युवतीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ । इन्टर्नसिपमा कार्यरत एक युवतीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि हाल परिषद्ले तालिम अधिकृत विजयकुमार झालाई निलम्बन सहितको कारबाहीको निर्णय समेत गरेको छ ।

युवतीलाई शनिबार कार्यालयमा बोलाएर दुर्व्यवहार गरेको आरोप लागेको छ । तालिम अधिकृत झाले दुर्व्यवहार गरेपछि युवतीले कारबाहीको मागसहित आफन्तको सहयोगमा परिषद्मा निवेदन दिएपछि परिषद्ले कारबाही प्रक्रिया अगाडि बढाएको समेत परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए ।

हाल पीडितले निवेदन दिएपछि निलम्बन सहित परिषद्को विनियमावलीअनुसार झामाथि कारबाही प्रक्रिया अगाडि बढाइएको डा. ज्ञवालीले बताए । झा यसअघि पनि २०७६ सालमा महिला सहकर्मीमाथि दुर्व्यवहार गरेको फेला परेपछि दुई महिना निलम्बनमा परेका थिए ।

प्रतिकृया

प्रतिकृया