काठमाडौं
७-असार/ एसीसी महिला टी-२० च्याम्पियनशिपमा नेपाल हङकङसँग सात विकेटले पराजित भएको छ । मलेसियाको किनरारा मैदानमा नेपालले दिएको एक सय १० रनको लक्ष्य हङकङले १५ ओभर पाँच बलमा मात्रै तीन विकेट गुमाएर भेटायो ।

हङकङकी मिारिको हिलले सर्वाधिक ४५ रन बनाइन् । बलिङतर्फ नेपालकी संगीता राईले दुई र सीता मगरले एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर एक सय नौ रन बनायो । नेपालका लागि रुबिना क्षेत्रीले नटआउट ३२ र अप्सरी बेगमले २२ रन बनाए ।

यसअघि नै सेमिफाइनल पुगेको नेपालले आजको हारसँगै तालिकामा दोस्रो स्थानमा रहेर लिग चरणको खेल पूरा गरेको छ । १० टिम सहभागी प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले एसिया कप महिला टी-२० खेल्न पाउने छन् ।

प्रतिकृया

प्रतिकृया