शरद रेग्मी, दाङ
८-असार/ विश्व ओलम्पिक डे को अवसरमा दाङको तुलसीपुरमा सरसफाइ गरिएको छ । बुधवार बिहान लुम्बिनी प्रदेश तेक्वान्दो संघले दाङको तुलसीपुरस्थित अरणिको मैदान सरसफाइ गरेको हो ।

दिनहु खेलाडीहरु व्यायाम गर्ने, विभिन्न खेलहरु खेल्ने फिल्डमा जथाभावी फोहोर देखिएपछि ओलम्पिक डे को अवसर पारेर सरसफाइ गरिएको हो । तेक्वान्दो संघका विद्यार्थी, गुरुहरु, व्यवसायी र तुलसीपुर उपमहानगरपालिकाका कर्मचारीहरुले संयुक्त रुपमा सरसफाइ अभियानमा सहभागी जनाएका थिए । सो अवसरमा तुलसीपुर बजारमा प्रभातफेरी कार्यक्रमको आयोजना समेत गरिएको थियो ।

यता तेक्वान्दो संघ लुम्बिनी प्रदेशका अध्यक्ष बिमल रिजालले ओलम्पिक खेलले राष्ट्र र खेलाडीहरुको पहिचान विश्वभर दिलाउन भुमिका खेल्ने बताएका छन् । उनले आगामी ओलम्पिक खेल प्रतियोगीतामा तेक्वान्दोसहित नेपालको पनि विभिन्न खेलका विधाहरुमा महत्वपुर्ण उपस्थिति रहने बताए ।

प्रदेश अध्यक्ष रिजालले विश्व ओलम्पिक डे को अवससरमा सम्पुर्णमा शुभकामना समेत व्यक्त गरे ।

प्रतिकृया

प्रतिकृया