दाङ
९-असार/ सप्तरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कंकालिनी मन्दिर र कोशी व्यारेजको बीचमा बिहीबार बिहान बस पल्टिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा नाम र ठेगाना खुल्न नसकेका अन्दाजी ५५ बर्षीया महिलाको घट्नास्थलमै मृत्यु भएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । बसमा सबार ११ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको भारदह अस्पतालमा र ५ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

दुर्घटनापछि बसका चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना।५ख १८९८ नम्बरको यात्रुबाहक बस अचानक अनियन्त्रित भएर सडकभन्दा २० फिट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया