रुकुम पश्चिम
१५-असार/ रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका विभिन्न वडामा सौर्य बत्ती जडान भएपछि झिलिमिली भएको छ । नगरका आठ वटा वडाका ३ सय २५ ठाउँमा सौर्य बत्ती जडान भएपछि यो क्षेत्रमा २४सै घण्टा झिलिमिली भएका हुन् ।

चौरजहारी नयाँ सहर आयोजनाले नयाँ सहर क्षेत्रका सडक, सार्वजनिक स्थल र बसपार्क क्षेत्रमा सौर्य बत्ती जडान गरेको हो । चौरजहारी नयाँ सहर क्षेत्रमा ३ सय २५ ओटा सौर्य बत्ती जडान गरिएको नयाँ सहर आयोजना चौरजहारीका प्रमुख धिर फडेराले बताए । उनका अनुसार आर्थिक वर्ष ०७८/०७९ को स्वीकृत कार्यक्रम अनुसार छनोट भएका आठ वटा वडामा सौर्य बत्ती जडान सम्पन्न गरिएको हो ।

चौरजहारी नगरपालिकाको वडा नम्बर १ को १ सय ३४ ठाउँमा, २ को ५२ ठाउँमा, ३ को १ सय १ ठाउँमा, ४ को दुई ठाउँमा सौर्य बत्ती जडान गरिएको छ । त्यसैगरी वडा नम्बर ६ मा सात वटा, ७ मा १४ वटा र ११ मा पाँच वटा सौर्य बत्ती जडान गरिएको छ । आयोजना कार्यालयका अनुसार जि.टेक. कन्ट्रक्सन एण्ड इन्जिनियरिङले तोकिएकै समयमा काम सम्पन्न गरेको हो ।

भ्याट रकमसहित ३ करोड ४० लाख ४९ हजार ९ सय ५१ रुपैयाँ सौर्य बत्ती जडानको काम सम्पन्न भएको बताइएको छ । गएको माघ महिनामा सम्झौता गरेर निर्माण कम्पनीले काम सुरु गरेको थियो ।

प्रतिकृया

प्रतिकृया