लक्ष्मण बस्नेत, तुलसीपुर
१८-असार/ दाङको बेलझुण्डीमा जारी जिल्ला स्तरिय १२ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७९ शनिबार दोस्रो दिन गोरखा मा वि तुलसीपुर शिर्ष स्थानमा रहेको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधान र राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा दाङ जिल्ला खेलकुद विकास समितिद्वारा संचालित प्रतियोगितामा ५ स्वर्ण, २ रजत र १ कास्य पदकका साथ गोरखा मावि तुलसीपुर शिर्ष स्थानमा छ ।

त्यस्तै ग्रेट अरनिको मावि तुलसीपुर ३ स्वर्ण, १ रजत पदकका साथ द्वितिय स्थानमा रहदा ज्ञान ज्योती तुलसीपुर २ स्वर्ण, १ रजत र २ कास्य पदकका साथ तृतीय स्थानमा रहेको छ भने जनता मावि गढवा २ स्वर्ण, १ रजत र १ कास्य पदकका साथ चौथो स्थानमा रहेको छ ।

छात्रा भलिबलको उपाधी मिडवयष्टलाई
छात्रा भलिबलको उपाधी मिडवयस्ट पोईन्ट एकाडेमी पश्चिम खैरेनीले जितेको छ । फाईनलमा सिद्ध पृथ्वी मावि श्रीगाउँलाई २५–२४ र २५–१६ को सोझो सेटमा पराजित गर्दै मिडवयस्टले उपाधी हात पारेको हो । प्रतियोगिता अन्तरगत आईतबार छात्र भलिबल, छात्र र छात्रा कबडी, तेक्वान्दो, कराते र एथलेटिक्स तर्फ ४ सय, ३ हजार, एक सय गुणे ४, ट्रीपल जम्प हुने छ ।

यसैबिच आईतबार अपरान्ह ४ बजेपछि प्रतियोगिताको समापन समारोह गरिने आयोजक दाङ जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख पद्मा चौधरीले जानकारी दिइन् ।

प्रतिकृया

प्रतिकृया