तुलसीपुर
२१-असार/ गुल्मीमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । मदाने गाउँपालिका वडा -१ अग्लुङ निवासी १४ वर्षीय चन्द्र बिष्टको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

एसपी भीमबहादुर दाहालका अनुसार मंगलबार बिहान परेको चट्याङ लागेर घाइते बिष्टको उपचारको लागि गुल्मी अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । यस्तै चट्याङ लागेर उनकी काकी ४२ वर्षीया संगीता बिष्ट घाइते भएको प्रहरीले जनाएको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया