प्रिया स्मृती गजमेर, देउखुरी
२१ असार /दलित समुदायको अधिकार प्राप्तिका लागि निरन्तर संघर्ष गर्न आवश्यक रहेको वक्ताहरुले जोड दिएका छन। स्थानीय सरकारबाट दलित समुदायले अहिलेसम्म सेवा सुबिधा नपाएको कार्यक्रममा सहभागीहरुको गुनासो छ । नेपाल सरकारले दिएको सेवा सुबिधा, हाम्रो अधिकार स्थानीय सरकारले दबाएर, लुकाएर राखेको दलित अगुवाको भनाइ छ ।

हामी आवाज विहीनको आवाज बन्नु पर्छ, दलित सचेतना अभियान दाङका अध्यक्ष शसिराम नेपालीले भने,–। ‘हामी अब चुप लागेर बस्नु हुदैन । हाम्रो पुर्खाले पनि दमन अत्याचार, शोषण र गुलामी सहेका छन् तर, हामीले अब प्रतिकार गर्छौं, राहत वितरणमा पनि हामीसंग विभेद गरिएको घटनाहरु प्रसस्त मात्रा छन् ।’

लमही नगरपालिकाकाको आर्थिक सहयोग एवम् दलित सचेतना अभियान दाङको आयोजनामा लमहीमा तीनदिने दलित सशक्तीकरण तथा जातिय विभेद सम्बन्धि अभिमुखिकरण मंगलबार देखि लमहीमा सुरु भएको छ ।

मंगरवार लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले एक कार्यक्रमका बिच उद्घाटन गरे । उद्घाटन गर्दै नगर प्रमुख चौधरीले जातीय विभेद मुख्य गरी गरीबी, शिक्षा र सचेतनासँग जोडिएको बताउदैँ, दलित समुदायका व्यक्तिहरू शिक्षा, सचेतना र बेरोजगारीको समस्याले उत्पीडनमा परेको बताए ।

हामीले अव नयाँ आर्थिक वर्षदेखि प्रत्येक विद्यालय र सार्वजनिक ठाउँमा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने गरी तयारी थालेका छौं, उनले भने,–। ‘विद्यालय र सार्वजनिक ठाउँहरूमा जातीय भेदभाव गर्नु हुदैन भन्ने बारेका सचेतनामुलक कार्यक्रमहरू नगरपालिकाले अगाडी सारेको छ ।’

कार्यक्रममा दलित सचेतना अभियान दाङका उपाध्यक्ष अजय विकले स्थानीय, प्रदेश र संघीय सरकारले अहिलेसम्म दलित समुदायको हकहितको लागि खासै केही नगरेको बताए। उक्त कार्यक्रममा प्रशिक्षकको रुपमा खेमराज विक, निर्मल नेपाली, सुशील बस्नेत रहेका छन । दलित सचेतना अभियान दाङका उपाध्यक्ष अजय विकको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण खेमराज विकले गरेका थिए।

प्रतिकृया

प्रतिकृया