घोराही,
२१ असार / दाङ महिला जेसीज सदस्य तथा अनेरास्ववियुका केन्द्रिय सदस्य भीमा डिसीले बौद्धिकरुपमा फरक क्षमता भएका बालबालिकालाई सहयोग सामग्री वितरण गरेर आफ्नो जन्मदिन मनाएकी छिन ।

दाङ महिला जेसीजको आयोजनामा विद्यालयमा एक कार्यक्रम गरी घोराही १४ स्थित बालमन्दिर आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न सहयोग सामग्री हस्तान्तरण गरेर डिसीले जन्मदिन मनाएकी हुन ।

दाङ महिला जेसीजकी अध्यक्ष शारदा घर्तीको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यतामा एवं विद्यालयका प्रधानाध्यापक विष्णु भण्डारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरी सहयोग वितरण गरिएको हो ।

जसमा १६ विद्यार्थीलाई पोशाक, २५ जना विद्यार्थीलाई पेन्सील, कापी र विस्कुट सहयोग गरेकी हुन । त्यसैगरी कार्यक्रममा डिसीले आफ्ना बुबाआमा र नगर उपप्रमुख हुमा डिसीलाई खादा र बिद्यालयका प्रधानाध्यापकलाई मायाको चिनो प्रदान गरेर सम्मान गरेका थिए । दाङ महिला जेसीजकी पूर्व अध्यक्ष डोमा पाण्डे, त्रिभुवननगर जेसीजका कार्यवाहक अध्यक्ष महेश गुप्ताले सामाजिक सेवा गरेर जन्मदिन मनाउनु आफैमा उत्कृष्ट काम भएको बताएका छन ।

कार्यक्रम संयोजक एवं दाङ महिला जेसीज सदस्य भीमा डिसीको स्वागत मन्तब्यबाट शुुरु भएको कार्यक्रममा सदस्य विन्दु डाँगी पाण्डेले आस्थापाठ गराएका थिइन् भने सहजीकरण महासचिव नारायणी भण्डारीले गरेकी थिइन् । अनेरास्ववियु केन्द्रिय सदस्य डिसी रोल्पा र रुकुकको सहइन्चार्ज समेत हुन।

प्रतिकृया

प्रतिकृया