रुकुम पश्चिम
३१-असार/ रुकुम पश्चिममा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् । बिहीबार बेलुका रुकुमपश्चिम आठबिसकोट नगरपालिका-१० घारीखोला निवासी गोपाल केसीको घरमा चट्याङ लाग्दा चार जना घाइते भएको रुकुमपश्चिम प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार चट्याङ लागेर उनकी ३२ वर्षीया श्रीमती खिमला, १२ वर्षीय छोरा लक्ष्मण, ६ वर्षीया छोरी पुजामाया र २ वर्षीय छोरा टेकविक्रम केसी घाइते भएका हुन् । घाइते चारै जनाको आठबिसकोट नगर अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको अस्पताललाई उद्धत गर्दै प्रहरीे जानकारी दिएको छ ।

प्रतिकृया

प्रतिकृया