लक्ष्मण बस्नेत,तुलसीपुर
११ साउन / दाङको तुलसीपुरमा जारी अन्तर कलेज स्तरिय खुला पुरुष भलिबल प्रतियाेगिता २०७९ मा अरनिको माबी नुवागाउ रोल्पा र मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिम क्वाटर फाईनलमा प्रवेश गरेको छन् ।राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङकाे आयोजना तथा दाङ जिल्ला भलिबल संघको समन्वयमा संचालित प्रतियोगिताको आज बुधवार सम्पन्न प्रीक्वाटर फाईनल खेलमा राप्ती बबई क्याम्पस तुलसिपुर लाई २५-१६,२५-२१ अर्थात २-० को सोझो सेटमा पराजित गर्दै अरनिको माबी नुवागाउ रोल्पाले क्वाटर फाईनल यात्रा तय गरेको हो ।

त्यस्तै दोस्रो प्रीक्वाटर फाईनल खेलमा आरती टेक्निकल कलेज सल्यान लाई २५-१५, २५-१५ अर्थात २-० को सोझो सेटमा पराजित गर्दै मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिमले क्वाटर फाईनल यात्रा सुरक्षीत गरेको हो । यसैबिच प्रतियोगिता अन्तरगत बिहिवार बिहान क्वाटर फाईनल प्रवेशका लागि हुन खेलमा शिदेश्वरी माबी रुपन्देही र महेन्द्र रत्न माबी पिपलनेटा सल्यान भिड्नेछन् ।

त्यस्तै दोस्रो प्रीक्वारमा न्यु होराईजन माबी रुपन्देही र गोरखा माबी तुलसिपुर (रातो) बिच खेल भिड्न्त हुने आयोजक राप्ती किङ प्रशिक्षण केन्द्रका अध्यक्ष कमल खत्रीले जानकारी दिएका छन ।नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियाेगितामा दाङ,बाके,रुपन्देही,रुकुम पश्चिम,सल्यान र रोल्पा जिल्लामा स्थापित कलेजका २० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १ हजार ११ रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५० हजार १ सय ११ र २५ हजार,१ सय ११ रुपैयाँ,मेडल तथा प्रमाणपत्र हात पार्ने प्रतियोगिता मुल आयोजक समितिका सदस्य सन्तोष रानाले जानकारी दिएका छन ।

प्रतियाेगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ खेलाडी लाई पुरस्कृत गरिनेछ । सर्बोउत्कृष्ट खेलाडी नगद ५ हजार, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट सेटर,सर्बर, स्पाइकर र लिब्रो लाई जनही २ हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतिकृया

प्रतिकृया