रामप्रसाद सुवेदी, हापुरे
१९-साउन/ दाङको बबई गाउँपालिकाका कर्मचारीहरुले गाउँपालिकाको प्रशासनिक भवन परिसरमा सरसफाई गरेका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनन्द रावलको नेतृत्वमामा कर्मचारीको टोलीले गाउँपालिकाको प्रशासनिक भवन परिसरमा सरसफाई गरेका हुन् ।
भर्खरै गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएर आएका रावलले सरसफाई कार्यक्रममा सहभागी हुदैं कार्यालय परिसर पनि घरको आँगन जस्तै भएको हुदा घरको सरसफाई गर्ने दायित्व परिवारको भए जस्तै कार्यालय पनि सफा र सुन्दर राख्ने दायित्व आम कर्मचारीको रहेको बताए ।
गाउँपालिकाकाको सरसफाईमा आफूसहित कर्मचारीलाई समेत सहभागी गराई आम नागरिकलाई समेत सरसफाई गर्न प्रेरित गर्न खोजिएको उनको भनाई थियो । सरसफाई कार्यक्रमलाई निरन्तर अगाडि बढाउने बताउदै रावलले गाउँपालिकाबासिको हितका निमित्त सबैसंग छलफल र सहकार्य गरेर अन्य कामलाई अगाडी बढ्ने समेत बताए ।