तुलसीपुर
२९ साउन/  नेकपा एमाले दाङले हापुरेमा अगुवा नेता कार्यकर्तालाई प्रशिक्षण दिने भएको छ । एमाले दाङले आइतवार तुलसीपुरमा पत्रकार सम्मेलनगरी हापुरेमा सोमबार र मंगलबार जिल्लाभरका नेता र कार्यकर्तालाई प्रशिक्षण दिइने जनकारी दिएको छ ।

           


पत्रकार सम्मेलनमा एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले दुइदिने प्रशिक्षणमा ४९९ जना नेता कार्यकर्ताको सहभागिता हुने जानकारी दिएका छन । उनका अनुसार केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली र सचिव छविलाल विश्वकर्माले प्रशिक्षण दिनेछन् ।

प्रशिक्षणमा सहभागी भएकालाई स्थानीय कार्यकर्ताको घरमा राखिने एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिएका छन । उनका अनुसार `एक घर दुइ पाहुना´को नीती अवलम्बण गरी कार्यकर्ता व्यवस्थापन गरिने बताएका छन ।

 

प्रतिकृया

प्रतिकृया