काठमाडौं
३०-साउन/ नेकपा माओवादी केन्द्रको सोमबार बस्ने भनिएको स्थायी समिति बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले सत्ता गठबन्धनको कार्यदल बैठक र अन्य केही गृहकार्यमा नेताहरु व्यस्त भएकोले सोमबार बस्ने भनिएको बैठक स्थगित भएको बताए ।

           


उनका अनुसार बैठक मंगलबार बिहान ८ बजे बस्ने छ । स्थायी समिति बैठकले चुनावी कार्यक्रम तय गर्ने, नेताहरुको कार्यविभाजन गर्ने र पदाधिकारी चयन समेत गर्न सक्ने नेताहरुले बताएका छन् ।

प्रतिकृया

प्रतिकृया