राम प्रासाद सुवेदी, हापुरे
३०-साउन/ दाङको बबई गाउँपालिकामा नेकपा एमाले दाङले आयोजना गरेको जिल्ला स्तरिय दुई दिने प्रशिक्षण कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ दाङले स्वास्थ हेल्प डेस्क सञ्चालन गरेको छ ।
सोमबार र मंगलबार हुने जिल्ला प्रशिक्षण कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी स्वास्थ्य हेल्प डेस्क सञ्चालन गरेको स्वास्थ्यकर्मी महासंघ दाङका अध्यक्ष शरदराज गिरीले जानकारी दिए ।
स्वास्थ्य हेल्प डेस्कमा एमबिबिएस डाक्टर सन्दिप शर्मा नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य चेकजाँच गरिरहेको छ भने सामान्य टाउको दुख्ने, रुघाखोकी, प्रेसर लगायतका औषधीहरु समेत निशुल्क रुपमा वितरण गरिरहेको अध्यक्ष गिरीले बताए ।