तुलसीपुर,
४ भदौ / तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मुलकोट निवासी अग्निपिडित ७९ वर्षिय कोट बहादुर पुनको परिवारलाई नगद तथा जिन्सी सामान सहयोग गरिएको छ । गत साउन २९ गते घरमा आगलागी (हुदा ) समस्या मा परेका पुन परिवारलाई शुक्रबार २४ हजार ७ सय नगदसहित जिन्सी सामान सहयोग गरिएको हो ।
नेकपा एमाले तुलसीपुर-४ को वडा कमिटीको पहलमा जनप्रतिनिधि , पाटी नेतृत्व व्यवसायी र विभिन्न संघ(संस्थाबाट संकलित नगद र जिन्सी सामान पिडित पुन परिवारकै गाउँमा पुगेर हस्तान्तरण गरिएको तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्माले जानकारी दिएका छन।
जसमा तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ७ को वडा कार्यालयको तर्फबाट र तुलसीपुरका व्यवसायी प्रतिमा हार्डवयर पसलका संचालक तेजबिक्रम घर्तिले ५र५ हजार, नेकपा एमाले तुलसीपुर ४ का वडा कमिटी उपाध्यक्ष कलिभान ओलीले तीन हजार सहयोग गरेका हुन ।एमालेबाट निर्बाचित तुलसीपुर १० का अध्यक्ष यमराज केसी, नेकपा एमाले वडा ईन्चार्ज तथा निबर्तमान वडा अध्यक्ष बालकृष्ण राना( धुब्र)नेकपा एमाले वडा कमिटी अध्यक्ष घन बहादुर पुन, तुलसीपुर उपमहानगरपालिका कायपालिका सदस्य लक्ष्मन बिश्वकर्मा २र२ हजार सहयोग गरेका हुन ।
यस्तै नेकपा एमाले जिल्ला कमिटी सदस्य दोलक बहादुर खत्री र नेकपा एमाले तुलसीपुर नगर कमिटी सदस्य खिम बहादुर थापाले १५ र१५ सय सहयोग गर्नुभएको हुन। यस्तै सुकिदह सामुदायिक बन समुहका अध्यक्ष मन्सराम डाँगीले एक हजार १ सय पाँच, नेकपा एमाले तुलसीपुर नगरकमिटिबाट वडा ईन्चार्ज हेम बहादुर थापा, अपांग समाज सुधार केन्द्र तुलसीपुरका निबर्तमान अध्यक्ष हुमाकान्त कडेल ५र५ सय सहयोग गरेका हुन।
यस्तै नेकपा एमाले तुलसीपुर नगर कमिटी सदस्य ठाकुर बन्जाडेले पाँच सयको नुन,तेल र दाल, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा सुशील फेन्सी स्टोरका संचालक टोपबहादुर घर्तीले लत्ताकपडा, न्यु पुरी स्टोर संचालक गोर्ख बहादुर पुरीले १ तन्ना र ३ थान कम्बल सहयोग गर्नुभएको थियो भने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तुलसीपुरले त्रिपाल,कम्बल ,झुल,कपडा ,बाल्टिन, टेक्ची,डोरी लगायतका सामग्रि सहयोग गरेको थियो ।
सङ्कलित राहत नेकपा एमाले वडा ईन्चार्ज तथा निबर्तमान वडा अध्यक्ष बालकृष्ण राना(धुब्र०), नेकपा एमाले वडा कमिटी अध्यक्ष घन बहादुर पुन, तुलसीपुर उपमहानगरपालिका कायपालिका सदस्य लक्ष्मन बिश्वकर्मा, नेकपा एमाले जिल्ला कमिटी सदस्य दोलक बहादुर खत्री, नेकपा एमाले तुलसीपुर नगर कमिटी सदस्य खिम बहादुर थापा , सुकिदह सामुदायिक बन समुहका अध्यक्ष मन्सराम डागि र रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर वसन्त पौडेलको सहभागितामा हस्तान्तरण गरिएको हो । त्यस अवसरमा नगद तथा जिन्सी सहयोग गर्ने सहयोगदातालाई नेकपा एमाले वडा ईन्चार्ज तथा निबर्तमान वडा अध्यक्ष बालकृष्ण राना(धुब्र)ले धन्यवाद ज्ञापन गरेका थिए । उनले पिडित परिवारको लागि आगामी दिनमा थप पहल गर्ने बताएका छन।