गुल्मी
१६-भदौ/ गुल्मीमा ६५ वर्षीय वृद्धालाई जवरजस्ती करणी गरेको आरोपमा एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको इश्मा गाउँपालिका ४ नयाँपोखरा निवासी ६५ वर्षीय वृद्धालाई सोही स्थानका ३६ वर्षीय कृष्णबहादुर सार्कीले घरमा एक्लै भएको मौका छोपी भदौ १३ गते बेलुका करिब ६ बजेतिर जवरजस्ती करणी गरी फरार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

फरार रहेका सार्कीलाई खोजतलास गर्दा गाउँमै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिकृया

प्रतिकृया