काठमाडौं
२७-भदौ/ काठमाडौंमा भइरहेको साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज समूह ‘बी’को अन्तिम खेलमा श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका साढे ५ बजे दशरथ रंगशालमा हुनेछ ।

           


आजको खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनल पुग्ने नेपालको योजना छ । नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ४-० ले पराजित गरेको थियो । दुई खेल खेलिसकेको भुटान भने एक जित र एक हारको नतिजापछि समूह बी बाट यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ ।

भुटानले श्रीलंकालाई ५-० ले हराएर सेमिफाइनलमा स्थान बनाएको हो । श्रीलंकासँग बराबरी वा जितले नेपाल समूह विजेता बन्नेछ । श्रीलंकाले भने सेमिफाइनल पुग्न नेपाललाई पाँच अन्दा बढी गोल अन्तरले हराउनुपर्नेछ ।

 

प्रतिकृया

प्रतिकृया