काठमाडौं
६-असोज/ नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय सत्ता गठबन्धन राष्ट्र निर्माणको अभियान रोक्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । बिहीबार एमाले केन्द्रीय कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पाँच दलीय गठबन्धनले एमालेको राष्ट्र निर्माण गर्ने विजय अभियान रोक्न अनेक प्रकारका षड्यन्त्र गरिरहेको बताएका हुन् ।

उनले गठबन्धनले नागरिकताको विषयलाई षड्यन्त्रका रूपमा एमालेविरुद्ध प्रयोग गर्ने हतियारका रूपमा प्रयोग गर्न खोजेको आरोप लगाए । नागरिकताको विषयमा एमालेको धारणा स्पष्ट रहेको उनको दाबी थियो ।

महासचिव पोखरेलले राष्ट्रपतिले नागरिकताको विषयलाई समयमै सम्बोधन गर्नुपर्छ भन्ने आशयलाई गठबन्धनले उपेक्षा गरेको बताए । उनले अहिले नागरिकतामा वैवाहिक अङ्गीकृतको विषय प्रमुख रहेको भन्दै आफ्ना चेलीको बारेमा अरू देशमा के व्यवस्था छ भन्ने कुरा हेर्न गठबन्धनलाई आग्रह गरे ।

 

 

महासचिव पोखरेलले राष्ट्रपतिले नागरिकताजस्तो संवेदनशील विषयमा पठाएका सुझाबमाथि छलफल गर्नुको साटो संसद् बाहिरबाट गठबन्धनले चुनौती दिन खोजेको आरोप लगाए । उनले राष्ट्रपतिले नागरिकताका विषयमा पठाएका सुझाबमाथि छलफल नगरेर गठबन्धनले गणतन्त्र र संविधानमाथि प्रहार गरेको बताए । उनले पाँच दलीय गठबन्धन सम्पूर्णरूपमा असफल भइसकेको दाबीसमेत गरे ।

प्रतिकृया

प्रतिकृया