तुलसीपुर
३०-असोज/ तुलसीपुरमा खोलाले बगाउँदा तीन वर्षीय बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराको श्रवण टोल निवासी जीवन बस्नेतका तीन वर्षीय छोरा ललित बस्नेतको खोलाले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

दिउँसो करिब ११ बजेतिर गहते खोला र पातुखोलाको दोभानमा लुगा धुन आमासँगै गएका बालकको खोलामा बगेर मृत्यु भएको हो । प्रहरीका अनुसार बालकको शव झण्डै एक सय मिटर तल झाडीमा भेटिएको थियो ।

प्रतिकृया

प्रतिकृया