अर्घाखाँची
३-कार्तिक/ अर्घाखाँचीमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । भुमिकास्थान नगरपालिका १ ढाकावाङ निवासी अन्दाजी ७२ वर्षीय वीरबहादुर गमालको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

बुधवार दिउँसो करिब ४ बजेतिर गमाल र उनका दाइ वृद्धभत्ता बुझेर घर फर्कने क्रममा ठूलाखोला घोप्टे सालको भिरबाट लडेर मृत्यु भएको हो । गमाल बाटोदेखि झण्डै ८० मिटर तल लडेको डिएसपी रिजालको भनाई छ ।

गमाल भिरबाट लडेको अवस्थामा स्थानीयले देखेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिकृया

प्रतिकृया