तुलसीपुर,
१-मंसिर /  नेकपा एमाले बाट प्रतिनिधि सभाका उम्मेदवार कोमल ओलिले जनताहरुको उत्साहजनक सहभागिता र मायाले चुनाव जितिसकेको बताएकि छिन ।अहिले सम्मको घरदैलो तथा चुनावी सभामा जनताहरुको उत्साहजनक सहभागिताले चुनाव जितिसकेको बताइन ।

जनताहरको घरघरमा बस्ती बस्तीमा जादा नागरिकहरुको म प्रतिको उत्साह, मायाले चुनाव जितेको आभाष गरेिक छु । म प्रति गरेको विश्वास म टुट्न दिने छैन , तपाईं जिताउनुस म गरेर देखाउनेछु । म जे बोल्छु त्यो गर्छु एक सक्षम, क्षमतावान छोरी हुँ तपाईंको विश्वास र आशा कहिल्यै टुटा्उने छैन पश्चिम दाङलाइ चम्काउनेछु । यो मेरो प्रतिवद्दता हो ।

शान्तिनगरको पाटेटाकुरामा भएको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार कोमल वलीले भन्नुभयो – म जितिसके तपाइहरुले मत प्रमाणित गर्न मात्र बाकिँ मंसिर चार पछि क्षेत्र न.३ का हरेक जनताको घरघरमा मनमनमा घामको किरण छर्नेछौँ ,हामी पश्चिम क्षेत्रको मुहार फेर्नेछौँ उनको भनाई रहेको थियो ।

प्रतिकृया

प्रतिकृया