तुलसीपुर
१५-मंसिर/ तुलसीपुर मेट्रो कलेजमा वन विज्ञानमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा सुनिल स्मृति कप फुटबल प्रतियोगिता सुरु भएको छ । विद्यार्थी सुनिल खड्काको सम्झनामा सो प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष खुसीराम चौधरीले खेल मानव जीवनका लागि अपरिहार्य भएको बताए । उनले विद्यार्थीहरुले साथीको सम्झनामा प्रतियोगिताको आयोजना गरिएकोमा प्रशंसा समेत व्यक्त गरे । ‘खेल क्षेत्रको विकासका लागि हामी सहयोग गर्न तत्पर छौं’ उनले भने ।

सो अवसरमा विशिष्ट अतिथि कलेज प्रमुख वसन्त आचार्यले खेल क्षेत्रको विकासका लागि प्रतियोगिताको आयोजना हुनु खुसीको कुरा भएको बताए । उनले सुनिल खड्का विद्यालयको जेहेनदार र अनुशासित विद्यार्थी रहेको समेत स्मरण गरे ।

विद्यार्थी मुनराज बुढाको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण डिल्ली खड्काले गरेका थिए । २ दिनसम्म सञ्चालन हुने खेलमा ७ वटा समुहले भाग लिएका छन् ।

प्रतिकृया

प्रतिकृया