काठमाडौं
१५-मंसिर/ शेयर बजार आज बिहीवार दोहोरो अंकले उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २२ अंकले बढेर एक हजार नौ सय ६१ दशमलव शून्य ६ विन्दुमा पुगेको छ ।

आज होटल र निर्जीवन बीमाबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । आज कारोबार रकम पनि उकालो लागेको छ । दुई सय ४१ वटा कम्पनीको ३८ लाख ६५ हजार कित्ता शेयर एक अर्ब ३२ करोड २९ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै नबिल बैंकको १४ करोड ४५ लाख रुपैयाँको शेयर किनबेच भयो । नेप्से परिसूचक बढेको दिन धौलागिरि लघुवित्तको शेयर १० प्रतिशत र श्वेत गंगा हाइड्रो कम्पनीको शेयर नौ प्रतिशतले बढेको छ ।

प्रतिकृया

प्रतिकृया