काठमाडौं
१६-मंसिर/ आज राष्ट्रिय कफी दिवस मनाइँदै छ । मंसिर १ गते नै दिवस मनाइने गरिए पनि यसपालि चुनावका कारण आज मनाउन लागिएको हो ।

नेपालमा कफी उत्पादन हुने जमिनको क्षेत्रफल हरेक वर्ष बढ्दै गए पनि उत्पादन भने घट्दै गएको देखिएको छ । उत्पादकत्वमा सुधार गर्न नसक्दा कफी खेती गरिने जमिनको क्षेत्रफल बढे पनि उत्पादन बढ्न नसकेको हो ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१/७२ मा नेपालको २ हजार ३ सय ८१ हेक्टर जमिनमा कफीखेती भएकोमा २०७८/७९ मा ३ हजार ३ सय ४३ हेक्टर पुगेको छ । तर, खेती बढे पनि यसबीचमा कफी उत्पादन भने १ सय ९ मेट्रिक टनले घटेको तथ्याङ्क छ । आर्थिक वर्ष २०७१/७२ मा ४ सय ६३ दशमलव ५८ मेट्रिक टन कफी उत्पादन भएको थियो ।

२०७८/७९ मा ३ सय ५५ मेट्रिक टन मात्रै उत्पादन भएको छ । 

प्रतिकृया

प्रतिकृया