तुलसीपुर,
२६-मंसिर / दाङको तुलसीपुरमा वीरकौशल्या कन्सल्टेन्सी प्रालि संचालणमा आएको छ । प्रालिको सोमबार एक कार्यक्रम गरी उद्घाटन गरिएको छ । कन्सल्टेन्सीमा निःशुल्क रुपमा जापानिज भाषाको पढाई हुनेछ ।

तुलसीपुरमै नयाँ व्यवस्थापनका साथ जापानिज भाषामा “लेबल थ्रि” पास गरेका शिक्षक द्धारा पढाई हुने संचालक विज्ञान सिंहले बताए । उनका अनुसार बिधार्थीबाट कुनैपनि शुल्क लिईने छैन । उनले भने – “हामिले विद्यार्थीबाट कुनै शुल्क लिंदैनौँ, कोर्ष पुरा भएपछी भिषा अप्लाई गर्दा कन्सल्टेन्सी चार्ज मात्र लाग्छ ।” कन्सल्टेन्सीको मुख्य कार्यालय काठमाडौंमा रहेको र देशका अन्य जिल्लामा पनि शाखा रहेको उनले बताए ।

दक्ष शिक्षक बाट गुणस्तरिय शिक्षा दिने उद्श्य रहेको कन्सल्टेन्सीका ब्यवस्थापक जित जंग ओलीले बताए । गुणस्तरिय जापानिज भाषाका लागी यस क्षेत्रका बिधार्थीहरु अब अनेत्र जानु नपर्ने उनले बताए ।

हाल ३ महिनाको “एन फाईभ” कोर्ष सुरु भएको उनले जानकारी दिए । पढाई पछि भिषा अप्लाईका लागी सबै प्रकृया कन्सल्टेन्सीले यही बाटै गरिदिने ब्यवस्था गरेको छ ।

प्रतिकृया

प्रतिकृया