रुकुमपूर्व
१९-पुस/ रुकुमपूर्वको भूमे गाउँपालिका-२ सुरक्षित खानेपानीयुक्त वडा घोषणा भएको छ । भूमे गाउँपालिकामा रहेको पानीको गुणस्तर परीक्षण टोलीले निरन्तर गरेको जाँचका आधारमा पानीमा इकोली तथा कोलिफर्मजस्ता कीटाणु नपाइएकाले उक्त क्षेत्रलाई सुरक्षित खानेपानीयुक्त क्षेत्र घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।

‘एक घर, एक धारा’ रहेको वडाको कात्नेखोलामा करिब ६५ घरधुरीले प्रयोग गर्ने पानीमा कुनै कीटाणु नपाइएपछि सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको हो । भूमे गाउँपालिकाको यो पहिलो क्षेत्रका रूपमा वडा नं २ को कात्नेखोलालाई पहिलो सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको हो ।

प्रतिकृया

प्रतिकृया