रोल्पा
२७-पुस/ रोल्पामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मंगलबार सुनछहरी गाउँपालिका-५ कालिहाङमा बिजुलीको तार तान्ने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

मृत्यु हुनेमा सुनछहरी गाउँपालिका-५ पोवाङ निवासी ४२ वर्षिय हिकलाल पुन रहेका छन् । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रोल्पामा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिकृया

प्रतिकृया