शोभा डाँगी, तुलसीपुर
१२-माघ /  दाङ तुलसीपुर उपमाहानगरपालिका वडा नं.६ स्थित राप्ती विद्या मन्दिरमा खेलकुद दिवस तथा अभिभावक भेला भएको छ । विहीबार स्कुलमा एक कार्यक्रम गरि भेला भएको हो ।

विद्यालयका प्रिन्सिपल हेमसागर सुवेदीको अध्यक्षता तथा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ब्यबस्थापन समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि न्यौपानेले खेलकूद शिक्षा क्षेत्रकालागि अपरिहार्य रहेको बताए ।

त्यस अवसरमा बिशिष्ट मानबहादुर केसी, अभिभावक राममोती चौधरी, सीता चौधरीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । त्यस अवसरमा विभिन्न खेलकूद भएका थिए ।

खेलकूद प्रतियोगिताबाट विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । त्यस अवसरमा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक चुर्ण बहादुर केसीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया