काठमाडौं
२५-जेठ/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा विमत्ति रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिदै लामिछानेले नागरिकता विधेयक सदनमा ल्याएर छलफल गरेको भए छलफल हुने र अहिलेको संसदमा रहेका सवैले स्वामित्व लिने अवस्था बन्ने भएपनि विधेयक प्रमाणीकरणको प्रक्रियामा विमत्ति रहेको बताएका हुन् ।

उनले नागरिकता विधेयकका बोरमा रास्वपा कुनै समुदायको विरोधमा छ भनेर जनतालाई गुमराहमा राख्न खोजिएको जिकिर गरे । आफुलाई नागरिकले नागरिकता नपाउनुको पीडा आफुलाई थाहा रहेको भन्दै उहाले जन्मसिद्ध नेपाली नागरिकका सन्तान र एकल आमाहरूका सन्तानको नागरिकताको अधिकारको सुनिश्चित हुनुपर्ने बताए ।

 

 

उनले एकल आमाका सन्तानले नागरिकता लिँदा आमाले बाबुको पहिचान नखुलेको स्वघोषणा गर्ने व्यवस्थाले महिलाको आत्म सम्मानमा ठेस पुग्न सक्ने धारणा राखे ।

त्यस्तै उनले सरकारले ल्याएको बजेटको कार्यक्रमबीच तालमेल भेट्न नसकेको बताए । जनतासंग भोट माग्दा शिक्षा, स्वास्थ्य लगाएतका बिषयमा प्रतिवद्धता जनाएकाले यस बिषयमा आवश्यक नीति बनाउदा सबै दलहरु एक ठाँउ आउनु पर्ने उनले बताए ।

त्यस्तै उनले नयाँ पुस्ताका राजनीतिज्ञहरुलाई पुरानो पुस्ताका नेताहरुले सिक्ने अवसर प्रदान गर्नुपर्ने उल्लेख गरे ।

प्रतिकृया

प्रतिकृया