तुलसीपुर
३० साउन/ मंगलबार राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित २०७९/ ०८० को कक्षा १२ को नतिजा अनुसार ज्ञान ज्योति माध्यमिक विद्यालय तुलसीपुरले ९९ जना ‘ए’ प्लस, ६४७ जना ‘ए’, २७८ जना ‘बी’ प्लस ४४ जना ‘बी’ गरी जम्मा १ हजार ६८ जना विद्यार्थी उत्तीर्ण गराउँदै विज्ञान विषयमा दाङ जिल्ला प्रथम भएको छ ।

विज्ञान संकायमा अध्ययनरत सिद्धान्त के।सी ३.८६ जि.पि.ए प्राप्त गरी जिल्ला प्रथम भएको विद्यालयका विज्ञान बिभाग प्रमुख होम राज देवकोटाले  बताएका छन । कक्षा १२ को नजिता पनि अपेक्षाकृत नै आएको छ । विज्ञान संकायमा जिल्ला प्रथमसहित झण्डै ११ सय विद्यार्थी उत्कृष्ट नतिजाका साथ उत्तीर्ण हुनु गर्वको कुरा हो उनले भने ।’

ज्ञान ज्योतिले विद्यालय तथा कलेजस्तरमा विगतदेखि नै उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको छ । हालै प्रकाशित कक्षा १२ को नतिजाले पनि ज्ञान ज्योति उत्कृष्ट विद्यालय हो भन्ने प्रमाणित गरेको विद्यालयका सहायक प्रधानाध्यापक मनोज केसीले बताएका छन ।

 

 

‘एसइइको नतिजा आए लगत्तै एजुकेशन समाचारले देशभरका विद्यालयमा सर्वेक्षण गरेको थियो । जसमा देशभरका २० विद्यालय उत्कृष्ट विद्यालय घोषित भएका थिए । त्यसमध्येमा ज्ञान ज्योति १० औं स्थानमा थियो’– उनले भने– ‘कक्षा १२ पनि हामीले त्यो साख जोगाएका छौं । शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुको मेहनत र अभिभावक एवं शुभेच्छुकहरुको मायाले विद्यालयले उत्कृष्टताको साख जोगाउन सफल भएको छ ।’

ज्ञान ज्योति जिल्लामै धेरै शाखा विद्यालय भएको र धेरै विद्यार्थीलाई अध्यापन गराउने संस्था हो । विद्यार्थीको संख्या अत्यधिक हुँदा पनि ज्ञान ज्योतिको विद्यार्थी व्यवस्थापनको पक्षलाई विशेष ध्यान दिएकै कारण उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको शिक्षा संयोजक शरद गौतमको बुझाइ छ । उनी भन्छ्न – ‘हामीले देखिरहेकै कुरा हो, विद्यार्थी संख्या बढी हुँदा धेरै विद्यालयको नतिजाको स्तर खस्कदो छ । तर हामी त्यसप्रति सचेत छौं ।

विद्यार्थी संख्या अनुसार नै पर्याप्त भौतिक संरचना थप, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन, अतिरिक्त कक्षा सञ्चालन लगायतका विषय ज्ञान ज्योतिका विशेषता हुन् । जसले उत्कृष्ट नतिजा ज्ञान ज्योतिकै पक्षमा रहने विद्यालयका प्रधानाध्यापक सुरेन्द्र जिसी बताउछन ।’

प्रतिकृया

प्रतिकृया