रुकुम पश्चिम
१-भदौ/ रुकुम पश्चिममा दुई जनाको शव फेला परेको छ । मुसीकोट नगरपालिका–११ र आठबिसकोट नगरपालिका–६ मा दुई पुरुषको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार मुसीकोट नगरपालिका–११ भलाक्चाका ५९ वर्षीय पिताराम नेपालीको शव स्थानीय सिस्नेखोलीको जङ्गलमा भेटिएको हो । नेपाली गएको साउन १७ गतेदेखि हराइरहेका थिए ।

त्यस्तै, आठबिसकोट नगरपालिका–६ झोडेनीमा छिमीगाउँका आसे बोहराको शव भेटिएको छ । फेला परेका शवको थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

 

 

प्रतिकृया

प्रतिकृया