दाङ
२५-भदौ/ आत्महत्या दुरुत्साहन आरोपमा चौरजहारी नगरपालिका– १ पुरानो बजारस्थित रहेको भ्याली पब्लिक बोर्डिङ स्कुलका प्रधानाध्यापक र सञ्चालक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसनर प्रधानाध्यापक पुष्पा भाट र सञ्चालक युडेन भण्डारीलाई आइतबार प्रक्राउ गरेको हो । सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत १३ वर्षीया सृष्टि गौतमको आत्महत्या दुरुत्साहन मुद्दामा उनीहरूलाई प्रकाउ गरिएको प्रहरीले बताएको छ ।
शुक्रबार १३ वर्षीया छात्रा गौतमलाई विद्यालयमा प्रिन्सिपल भाट र सञ्चालक भण्डारीको संलग्नतामा निर्धात कुटपिट भएपछि घर आएकी छात्राले विद्यालयको पोसाकमै झुण्डिएर अत्महत्या गरेको पारिवारीक स्रोतको भनाइ छ ।
पढाइलेखाइ भन्दा पनि घरायसी साथसङ्गतका कारण विद्यालयमा बालिकामाथि प्रधानाध्यापकले निरन्तर यातना र तनाव दिएपछि ज्यान गुमाउन बाध्य पारिएको छात्राका परिवारले आरोप लगाएका छन् । यस विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । मृतक छात्रा सोही नगरपालिका वडा नं १ लामिछाने गाउँकी हुन् ।