निरला अर्याल, तुलसीपुर
३०-भदौ/ तीजको महत्वलाई स्थान्तरण गर्दै कला संस्कृतिको संरक्षण गर्नु पर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । दिब्य कुन्ज एकाडेमि तुलसीपुर ७ को तिज मिलन कार्यक्रममा बोल्ने वक्ताहरुले हुने खाने भन्दा हुँदा खाने वर्गको अवस्थालाई मध्यनजर गरी तीज पर्व मनाउन सुझाव दिएका छन् ।
पछिल्लो समय पर्वको नाममा भएको तडक भड्कले गरीब परिवारमा खिन्नता उत्पन्न भएको छ । सामाजिक सदभाव र एकता र पारस्परिक समबन्ध हुनु पर्नेमा जोड दिएका थिए । दिव्य कुञ्ज एकेडेमी तुलसीपुरको कोडिनेटर तथा शिक्षिका भावना भटटाराईको अध्यक्षतामा भएको कार्यक्रमममा संस्कृत विश्व विद्यालयमा सह प्राध्यापक निर्मला डाँगीले तीजलाई सांस्कृतिक, धार्मिक र सामाजिक हिसाबले मनाउन जोड दिइन् ।
त्यस्तै राष्ट्रिय समाचार समिति दाङ प्रमुख नारायणी रजौरेले परापूर्व कालदेखि मनाउँदै आएको तीज पर्वलाई धर्मिक सांस्कृतिक रूपमा मनाउने प्रचलन रहेपनि पछिल्लो समय फरक शैलीमा तीज पर्व मनाउन लागेको बताइनन् । दुव्यकुन्ज एकेडमीका संरक्षक सुरेश हमाल, अध्यक्ष्य मोहन भण्डारी, राप्ती बबई क्याम्पसका सहायक प्रअ डा. प्रेम योगिले सकारात्मक पक्षलाई आत्मसाथ गर्दै सामाजिक सद्भावका रूपले मनाउनु पर्ने बताएका थिए ।
फरक प्रसङ्गमा भन्नुभयो शिक्षा मानव जीवनका लागि अपरिहार्य छ । युग परिवर्तन गर्न दक्ष जनशक्ति विद्यालय बट उत्पादन हुने भएकोले शिक्षा क्षेत्रमा लगानी गरेको बताएका थिए । शिक्षिका रिता केसी मन्तेस्वरी एसोसिएसन दाङका अध्यक्ष दिप्ती राना स्वागत गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण शिक्षक पूर्ण केसी मुस्कानले गरेका थिए ।
तीज विशेष कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्रा विद्यालय व्यवस्थापन समिति, शिक्षक शिक्षिकी लगायतकाले आफ्नो प्रस्तुति प्रस्तुत प्रस्तुत गरेका थिए ।