तुलसीपुर
३०-भदौ/ दाङ तुलसीपुर उपमहानगरपालिका ५ निवासी समाजसेवी तथा व्यवसायी सपना भण्डारी बस्नेतले तीजको अवसरमा कपडा (धोती) सहयोग गरेकी छिन् । शनिबार तुलसीपुर ६ स्थित मानव सेवा आश्रमका आश्रित महिला दिदीबहिनीहरुलाई कपडा सहयोग गरेकी हुन् ।

तीजको दर खाने बहानामा पार्टी प्यालेस, मंहगो होटलमा गएर चौरासी व्यञ्जनका दर खाएर पैसा उडाउनु भन्दा कोही नभएका, केही नभएका दिदीबहिनी, आमाहरुसंग खुशी साट्ने उद्देश्यले यस्तो कार्यक्रम गरेको सपनाले बताइन् ।  यसअघि पनि आफू यस आश्रममा आश्रित रहेका कोही नभएका, केही नभएका संग खुशी साट्ने गरेको बताइन् । बाहिर चार्डपर्वको चहलपहल, नाचँगान छ तर यहाँ रहेका आमा-दिदीबहिनीहरुलाई तीज के हो चार्डपर्व के हो थाहा छैन्, यस्तो अवस्थामा उहाँहरुलाई एक जोर कपडा साट्न पाउँदा आफू धेरै खुशी महसुश गरेको बताइन् ।

त्यस्तै कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीले कोही नहुने, केही नहुनेका लागि नगरपालिका सधै उहाँहरुको साथमा रहेको प्रतिवद्धता व्यक्त गरिन् । उपमहानगरले आश्रममा आश्रितका लागि दिगो बास स्थानका लागि जग्गा खोजेर घर बनाउन भनेको बताइन् । केही महिना भित्र आश्रमका लागि दिगो बासस्थान हुने पनि बताइन् । साथै कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी चौधरीले फरक प्रसंगमा बोल्दै आफूले पनि अनाथ बालबालिकाहरु आश्रय दिएर उनीहरु सुन्दर भविष्य कोर्न मद्यत गरिरहेको बताइन् ।

 

 

त्यस्तै मानव अधिकारकर्मी सुस्मा लामिछानेले तीज भड्कीलो भन्दा पनि आफ्नो क्षमता अनुसार मनाउन दिदीबहिनीहरुलाई आग्रह गरेकी छन् । पछिल्लो समय तीजको नाममा विकृती फैलिदै गएको बताउदै गिरीले यस्तो नगर्न आग्रह गरेकी हुन् ।

त्यस्तै कार्यक्रममा राष्ट्रिय समाचार समिती दाङका प्रमुख नारायणी रजौरे, नेपाल उद्योग व्यवसायी संघ दाङका अध्यक्ष नरेशराज भण्डारी, पत्रकार महासंघ दाङका सहसचिव दिप्ती शिखा चौधरी लगायतकाले बोलेका थिए । साथै कार्यक्रममा पत्रकार नारायणी रजौरेले श्रृंगारका सामान, सुस्मा गिरीले फलफूल वितरण गरेका थिए ।

समाजसेवी तथा व्यवसायी सपना भण्डारी बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण पत्रकार निरला अर्यालले गरेकी थिइन् ।

प्रतिकृया

प्रतिकृया