तुलसीपुर
३१-भदौ/ दाङको तुलसीपुरमा फोर्स गाडीले अटोलाई ठक्कर दिँदा ५ जना घाइते भएका छन् ।

आइतबार बिहान साढे ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका ६ स्टार बोर्डिङ चोकमा नेपालगञ्जदेखि रुकुम तर्फ जाँदै गरेको लु २ ख ५९१८ नम्बरको फोर्स गाडीले डोक्रेनाबाट रक्षाचौर तर्फ जाँदै गरेको रा १ ह ४४५९ को अटोलाई पछाडिबाट ठक्कर दिदा ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिए ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ । साथै घटना बारे थप अनुसन्धान भैरहेको बताएको छ ।

 

 

प्रतिकृया

प्रतिकृया