तुलसीपुर
३१-भदौ/ पाइला पाइला पढ्दै, खेल्दै, सिक्दै भन्ने मूल नाराका साथ सर्वोदय फूटबल प्रतियोगिता २०८० सम्पन्न भएको छ । टिच फर नेपालका दाङमा कार्यरत प्रज्ञार्थिहरुको अवधारणा र उनै प्रज्ञार्थीहरुको समूह सुनाखरी क्लस्टर र मा.वि. बालापुरको संयुक्त आयोजनामा भदौ २९ र ३० गते रास्ट्रीय बाल दिवसको अवसर पारेर कार्यक्रम गरिएको थियो ।

लुम्बिनी प्रदेशका अर्थमन्त्री माननीय धन बहादुर मास्कीको प्रमुख आथित्य, तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको विशिष्ट आतिथ्य र बालापुर मावि का विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तिलक बहादुर केसीको सभापतित्त्वमा प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । फुलको गमलामा पनि हालेर र रेफ्रीलार्इ बल हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन प्रमुख अतिथि धन बहादुर मास्कीले गरेका थिए ।

सर्वोदय फूटबल प्रतियोगिता २०८० मा टिच फर नेपाल कार्यरत तुलसीपुर उपमहानगरपालिकाका ९ ओटा सामुदायिक विद्यालयबाट १७ ओटा टिमले सहभागिता जनाएका थिए । नकआउट चरणमा खेलाइएको यो खेलमा ८ छात्रको टिम थियो भने ९ वटा छात्राको टिमले सहभागिता जनाएको थियो । छात्रछात्रालाई समान अवसर दिने उद्देश्य र विद्यार्थीहरुलाई खेल मार्फत शैक्षिक प्रगतिमा सहयोग पुर्याउने उद्देश्यका साथ यो खेलको आयोजना गरिएको टिच फर नेपालका व्यवस्थापक माधव प्रसाद देवकोटाले जानकारी दिए ।

 

 

यो प्रतियोगितामा छात्र र छात्रा दुवै तर्फ मावि दोघरेले प्रथम स्थान हासिल गरेको छ भने छात्र तर्फ दोश्रो जनज्योति मावि रनियापुर र छात्रा तर्फ दोश्रो मावि भित्रिसक्रम भएको थियो । कार्यक्रमको संचालन मावि बालापुरका शिक्षक निर्मल नेपालीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया