शरद रेग्मी, दाङ
२४-माघ /  तुलसीपुरमा जारी धार्मिक महोत्सव एवं ज्ञानमहायज्ञमा शनिवार सम्म ७० लाख वढी आर्थिक संकलन भएको छ ।

om-fitness
शनिवार एकै दिन ३५ लाख वढी संकलन भएको आर्थिक समितीका संयोजक उत्तम कुमार श्रेष्ठले जानकारी दिए । तुलसीपुर उद्योग वाणिज्य सघंका सस्थापक एवं महापुराण आयोजक मूल समितिका संयोजक डिल्लीबहादुर बस्नेतले शनिवार १५ लाख १५ हजार ५ सय १५ रुपैया नगद दान गरेका छन् ।

घोराहीस्थित घोराही सिमेन्ट इन्डष्ट्रिज बाट २ लाख ३ हजार १ सय ७५ रुपैया, तुलसीपुरका मनिराम गुप्ता र रक्षा राम गुप्ताले १ लाख ११ हजार १ सय ५५ रुपैंया दान गरेको दाता सम्मान समितिका संयोजक गोपिनाथ योगीले जानकारी दिए ।

rj-yaggaतुलसीपुरका व्यवसायि राज कुमार श्रेष्ठ र उनकी धर्मपत्नी निर्मला श्रेष्ठले स्वर्गीय बुवा ईश्वरीलाल श्रेष्ठ र माता लक्ष्मी देवी श्रेष्ठको स्मृतिमा ५ लाख ५ सय ९ रुपैया दान गरे । शनिवारनै तुलसीपुरका समाजसेवी श्यामबहादुर केसी र दुर्गा कुमारी केसीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया दान गरेका छन् ।

त्यस्तै रोट्रयाक्ट क्लव अफ तुलसीपुरले १ लाख ११ हजार १ सय ११, रासस अञ्चल प्रमुख नारायणी रजौरेले ११ हजार २ सय ११ , एसटीएन च्यानलका प्रवन्धक दुर्गा गिरीले ११ हजार १ सय ११ , शिव श्रेष्ठ ,रुपबहादुर खत्री, पहल बहादुर रोका , रेश्मी राज खड्का, तारस थापा, रेखा शर्मा, रुद्र शर्मा शिवलाल खत्री, त्रिसिद्धेश्वरी टोलले जनही ११ हजार बराबर दान गरेका छन् ।

त्यस्तै किशोर कुमार वलीले १४ हजार ६ सय १, भैरहवाका कालीदास आचार्यले २५ हजार ३ सय ११ दान गरेको महोत्सव आर्थिक समितिले जनाएको छ । शनिवार महापुराणमा चर्चित लोक गायिका कोमल वली, हाँस्यव्यङ्ग्य कलाकार कमल गाउँले र गायिका ऋतु कँडेल लगाएले प्रस्तुती राखेका थिए ।

प्रतिकृया

प्रतिकृया