हरि गौतम, रुकुम
११-चैत /  आफ्नै साथीमाथि हँसिया प्रहार गरी घाइते बनाउने गोतामकोट-४, वीरबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।

web-top-h2
सामान्य विवादका कारण आपसको सरसल्लाह नमिल्दा थापाले सोही ठाउँका ३८ वर्षका धनबहादुर बस्नेतलाई हँसिया प्रहार गरी गम्भिर घाइते बनाएका छन् । पक्राउ परेका थापालाई सदरमुकाम पु-याइएको  जिल्ला प्रहरी कार्यालय रुकुमका निमित्त प्रमुख प्रहरी निरीक्षक पुष्पकमल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार टाउको र हातमा गम्भिर चोट लागेका बस्नेतलाई हवाइ जहाज चार्टर गरी थप उपचारको लागि काठमाण्डौं लगिएको छ । बस्नेतलाई यती एयरलाइन्स एक लाख ६५ हजार रुपैयाँमा चार्टर गरेर नेपालगण्ज लगिएको र नेपालण्जबाट पनि तत्कालै काठमाण्डौं लगिएको छ ।

आपसी सरसल्लाह नमिल्दा घटना भएको भनिएपनि अनुसन्धान नभै कारणबारे बताउन नसकिने प्रहरीले बताएको छ ।

web-bot-h1

प्रतिकृया

प्रतिकृया