निमुसंगम घर्ती, घोराही
३२-जेठ / दाङमा बितेको ३ बर्षको तुलनामा यस बर्ष सबैभन्दा धेरै वन क्षेत्रमा आगलागी भएको छ । चालु आर्थीक बर्ष २०७२/७३ मा १ सय ५३ स्थानमा आगलागी हुदा झण्डै २५ हजार हेक्टर वन क्षेत्र सखाप भएको छ ।

miss-and-mr१ सय ४३ सामुदायिक वन क्षेत्र र राष्ट्रिय वन क्षेत्रको १० गरी १ सय ५३ वन क्षेत्रमा आगलागी भएको जिल्ला वन कार्यालय दाङले जनाएको छ ।

सामुदायिक वन क्षेत्रमा आगलागीबाट १३ हजार ३ सय ४१ हेक्टर र राष्ट्रिय वनको ११ हजार ६ सय २० हेक्टर गरि जम्मा २४ हजार ९ सय ६१ हेक्टर वन क्षेत्र सखाप भएको वन कार्यालयका सूचना अधिकारी गोकुल चौधरीले जानकारी दिए ।

गत आर्थीक बर्ष २०७१/७२ मा १४ स्थानमा आगलागी हुदा ६ सय हेक्टर वन क्षेत्र जलेको थियो । यसैगरी आर्थीक बर्ष २०७०/७१ मा १ सय १६ स्थानमा आलगागी हुदा ६ हजार ६ सय ११ दशमलब ५ हेक्टर र आर्थीक बर्ष २०६९/७० मा ३८ स्थानमा आगलागी हुदा ३ हजार २ सय ५० हेक्टर वन क्षेत्र जलेको वन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यस बर्ष ४ सय बढी क्विफिट काठ समेत जलेको छ । राष्ट्रिय वन क्षेत्रमा पर्ने देउखुरीको ढिकुरेमा रहेको घाटगद्धीको ८४ थान गालीया अर्थात ४ सय २० दशमलब २३ क्विफिट काठ जलेर नष्ट भएको सूचना अधिकारी चौधरीले बताए ।

यसबर्ष दाङका एक सय ५० बढी स्थानमा आगलागी कसरी भयो भन्ने बारेमा वन कार्यालयले अनबिज्ञता जनाएको छ । चर्को घाम र हावा चल्दा आगोलाई नियन्त्रणमा लिन समस्या हुदा धेरै वन क्षेत्रमा आगलागी भएको वन कार्यालयको भनाई छ ।

यस बर्ष दाङमा अग्नी नियन्त्रणका लागि १८ लाख बजेट आएको थियो । उक्त बजेटले १४ लाख रुपैयाँको अग्नी नियन्त्रण सामाग्रिहरु खरिद गरिएको छ । तर हावा र उच्च गर्मीका कारण ति सामाग्रिहरुले आगो निभाउन असफल भएको पाइएको छ ।

वन क्षेत्रमा आगो लागेपछि घाँसका नयाँ पालुवा पलाउने, बर्षायाममा भेला खेतबारीमा पस्दा मलिलो हुने भएकाले पनि नागरिकहरुले लुकिछिपी वनमा आगो लगाउने गरेको पाईन्छ । तर अहिले सम्म कस्ले आगो लगाउछ भन्ने पत्ता लाग्न सकेको छैन् ।

दाङमा चार बर्षमा वन क्षेत्रमा भएको आगलागी
आ.व.      स्थान               हेक्टर
२०६९/७०    ३८                 ३२५०
२०७०/७१    ११६               ६६११.५
२०७१/७२     १४                 ६००
२०७२/७३    १५३               २४९६१

प्रतिकृया

प्रतिकृया