प्यूठान (बुटुस),
१५-भदौ / तोरवाङ–३ मर्कावाङ प्यूठानमा आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ३७ वर्षिय भुपाल नगरकोटीले ३४ वर्षिय श्रीमती गोमा नगरकोटीलाई सोमवार राती धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

मृतकको पोष्टमार्टव गरी मंगलवार शव आफन्तलाई बुझाइएको प्यूठानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रंजितसिँह राठौँरले जानकारी दिए । श्रीमतीको हत्या गर्ने नगरकोटीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्यूठानमा ल्याइएको उनले बताए ।

प्रारम्भिक अनुसन्धान अनुसार नगरकोटीले मानसिक सन्तुलन गुमाएका कारण श्रीमतीको हत्या गरेको हुनसक्ने राठौँरले जानकारी दिए । मृतक नगरकोटीका तीन छोरी र एक छोरा छन् ।

ADVERTISEMENT


  


 


प्रतिकृया

प्रतिकृया