मेघराज खड्का, रुकुम
७-असोज / चौरजहारी अस्पतालले थप उपचारका लागि काठमाडौं रेफर गरेकी एक जना महिलाको प्लेन मै मृत्यु भएको छ । रुकुमको चौरजहारी नगरपालिका ५ लापुलेगाउँ निवासी विरवहादुर केसी कि श्रीमती वसन्ता केसीको हवाईजहाजमै मृत्य भएको पारिवारीक स्रोतले जनाएको छ ।

चौरजहारी विमानस्थल देखिकाठमाडौका लागि उडेको नेपाल वायु सेवा निगमको जहाजमा केसीको निधन भएको मृतकका देवर मोति प्रसाद पोखरेलले जानकारी दिए । विहीवार दिउँसो २ वजेर २५ मिनेटमा उडेको जहाज काठमाडौं विमानस्थलमा अवतरण गर्नुपुर्व नै केसीको मृत्यु भइसकेको देवर पोखरेलले बताए ।

५४ वर्षीया केसी उच्च रक्तचापको विरामी हुन । उक्त समस्याले गर्दा चौरजहारी अस्पतालले उनलाई थप उपचारका लागि काठमाडौं रेफर गरेको थियो । उनको प्लेनमै मृत्यु भएपनि मृतकको शव शिक्षण अस्पताल लगिएको थियो ।

 

 

हाल उनको शव महाराजगञ्जमा राखिएको छ । पोष्टमार्टम पछि शव चौरजहारी ल्याईने तयारी भैरहेको पारिवारीक श्रोतले जानकारी दिएको छ । जहाजमा यात्रा गर्ने क्रममा हाईअल्टीच्युडका कारण प्यासेन्जरको मृत्यु भएमा १४ हजार डलर पाउने नियम छ ।

तर मृतक विरामीको आफन्तले उडान अवधिभर विरामीको मृत्युभएमा कुनै पनि क्षतिपुर्ति माग गर्ने छैनौ भन्ने कागज गरेकाले उक्त रकम नपाउने नेपाल वायुसेवा निगम चौरजहारी स्टेशनले जानकारी दिएको छ ।

प्रतिकृया

प्रतिकृया