देउखुरी
७-असोज / च्यूरीघाट सामुदायीक वन उपभोक्ता समुह वडा नं. ६ कक्रहवा वाट अवधै रुपमा सालको घप्पु ओसार पसार गर्दै गरेको अवस्थामा एक जना तस्कर पक्राउ परेका छन् ।

पाँच वटा घप्पू ओसार पसार हुदै गरेको अवस्थामा रहेका पाँच जना मध्य चार जना भाग्न सफल भएका छन् भने एक जना पक्राउ परेका हुन् ।गढवा गाविस वडा नं. ३ झाली गाउँ निवासी ३३ वर्षिय रमेश चौधरीलाई गढवा सेक्टर वन कार्यालय, ईलाका वन कार्यालय र च्यूरीघाट सामुदायीक वन समुहको संयुक्त गस्ति टोलीले राती सालको घप्पु ओसार पसार गर्दै गरेको अवस्थामा रङ्गेहात पक्राउ गरेको हो ।

तस्करहरु संग ईलाका प्रहरी कार्यालय गढवाका घुमुवा प्रहरीको मिलोमतो रहेको समेत वताइएको छ । हरेक हप्ता ति तस्करहरुले प्रहरीलाई पाँच सय रुपैयाँ वुझाउने गरिएको पक्राउ परेका ब्यक्तिले गस्ति टोली समक्ष स्विकार गरेका छन् ।

प्रतिकृया

प्रतिकृया