बुद्धि पुन, मंसिर
२१- सल्यान /  सल्यानमा अदुवा बिक्रि नहुँदा किसानहरु चिन्तित भएका छन् । नेपाली अदुवा निर्यात हुदै आएको देश भारतले आयतमा प्रतिबन्ध लगाए पछि अदुवा अन्यत्र विक्री हुने सम्भावना नरहँदा किसानहरु मारमा परेका हुन् ।


                                                                                 ADVERTISEMENT



व्यापारीहरु अदुवा खरिद गर्न कोही नआएपछि बारीमै अदुवा कुहिन थालेको बागचौर नगरपालिका वडा न ३ का किसान प्रेम बहादुर भण्डारीले बताए । उनले भने मेरो बारीमा अहिले ५० देखि ६० क्विन्टल जति अदुवा होला बजारमा मूल्य सोध्दा मुल्य छैन भन्छन् त्यसैले नखनेरै बारीमै कुहिन थालेको छ ।

नगदेबालीको रुपमा रहेको अदुवा बारीमै कुहिन थालेपछि आफ्नो परिश्रमका साथै लगानी नै डुवेको अर्का किसान रत्न बहादुर भण्डारीले बताए । उनले भने अदुवा बिक्री गरेर वर्ष दिनभरीको गर्जो टार्ने हामी जस्ता किसान त यतिखेर उठ्न नसक्नेगरी लगानी डवाएका छौ ।

छोराछोरी पढाउने देखि घरखर्च टार्नेसम्मको काम यहि अदुवा विक्री गरेर गर्ने गरेका थियौ तर अदुवा नै बिक्री नभएपछि कसरी परिवार पाल्ने हो चिन्ता लागि रहेको छ । प्रतिकिलो २० रुपैयाका दरले फुटकर रुपमा अदुवा बिक्री भई रहेको छ ।

अदुवा कुहिएर मल हुनुभन्दा दुई हजार रुपैया क्विन्टलका दरले फाटफुट विक्रि गरेको कुपिण्डेदह गाविस वडा नं. ४ का किसान राम बहादुर यरीले बताए ।

सल्यानमा उत्पादन भएको सम्पूर्ण अदुवा भारतमा निकासी हुने गरेको भएपनि भारतले गोरखपुर, रुपैडिया नाका बन्द गरि दिएपछि आफुहरुले अदुवा संकलन गर्न नसकेको व्यापारी हरि न्यौपानेले बताए ।  जिल्लामा १ हजार ९ सय ९५ हेक्टर क्षेत्रफलमा अदुवा उत्पादन हुदै आइरहेको छ ।

प्रतिकृया

प्रतिकृया