घोराही
१६ मंसिर/ बाघमारे गाविसका पुर्व उपसभापति बाम गठबन्धनमा प्रबेश गरेका छन् । सयुक्त बाम गठबन्धनको चुनावी सभामा पुर्व उपसभापति जोखलाल खत्री सहित धेरै नेपाली काँग्रेस र नयाँ शक्ति नेपालका कार्यकर्ता गठबन्धनमा प्रबेश गरेका हुन ।

खत्रीसहित नयाँशक्ति प्रदेशसभा समानुपातिक उम्मेदवार सिमा ओली खड्का पनि एमालेमा प्रबेश गरेका हुन । खत्री र खड्कालाई प्रदेशसभा सदस्यका उम्मेदवार उत्तर कुमार वलीले गठबन्धनमा प्रबेश गराएका हुन ।कार्यक्रममा नयाँ प्रबेसीहरुले देशको सुशासन, स्थायी सरकार र समृद्धिको लागी अब बाम गठबन्धन बाट मात्र सम्भब हुने भएकोले बाम गठबन्धन रोजेको बताएका छन  ।

त्यस अवसरमा प्रदेशसभा सदस्यका उम्मेदवार  उत्तर कुमार वली, समानुपातिक उम्मेदवार पुनम सेर्पाली, नेकपा एमालेका जिल्ला सदस्य विष्णु केसीको सहभागीता रहेको थियो । साविक शान्तिनगरको बस्तीखोला र पेदीखोलामा कार्यक्रम भएको थियो ।


ADVERTISEMENT

   


प्रतिकृया

प्रतिकृया