तुलसीपुर,
२३-मंसिर /  तुलसीपुर नगरजेसीजको छैठौ साधारण सभा तुलसीपुरमा शनिवार सम्पन्न भएको छ । तुलसीपुर नगरजेसीजका अध्यक्ष विमल पौडेलको अध्यक्षतामा भएको साधारण सभाले विभिन्न निणर्यहरु गरेको छ । भेलाले पाँचौं साधारण सभाको माइन्यूट अनुमोदन गरीएको थियो ।

जेसीजले तुलसीपुरमा हुने हरेक सामाजिक कार्यहरुमा सहभागी जनाउदै आएको र भविस्यमा पनि आफनो उपस्थीति समाजिक कार्यमा उत्साहपुर्ण रुपले देखाउने निर्णय गरेको छ । जेसीजको सन २०१७ को आयव्य कोषाध्यक्ष मोहन सुनारले प्रस्तुत गरेका थिए । साधारण सभामा जेसिजका पूर्व अध्यक्ष झरेन्द्र खरेल, निर्वतमान अध्यक्ष तथा निर्वाचन अधिकृत सुर्यप्रसाद शर्मालगायतले धारणा मनतब्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण महासचिव दिपेश भण्डारीले गरेका थिए । त्यसैविच जेसीजको सन् २०१८ का लागि नयाँ कार्यसमिति चयन हुने बताएको छ । उम्मेदवारहरु विच ककस कार्यक्रम भईरहेको र निर्वाचन कार्यक्रम अन्र्तगत नयाँ कार्यसमितिको लागि निर्वाचन हुने छ । निर्वाचनको कार्यक्रम सार्वजनिक भएपनि सकभर सवै पदमा सर्वसहमतिवाट नेतृत्व चयन हुने निर्वाचन अधिकृत सुर्यप्रसाद शर्माले जानकारी दिए ।




 

प्रतिकृया

प्रतिकृया